सडक मर्मत र यातायात सहज बनाउन भौतिक र रक्षामन्त्रीबीच छलफल

काठमाडौँ - बाढीपहिरोले अवरुद्ध सडक मर्मतगरी यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबीच छलफल भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा क्षतिग्रस्त सडकको मर्मत र निर्माणका लागि दुवै मन्त्रालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
मन्त्री दाहालको सचिवालयले दिएको जानकारीअनुसार चाडपर्वको बेला भएकाले जतिसक्दो चाँडो सडक मर्मत तथा निर्माणगरी यातायात सहज बनाउन रक्षा मन्त्रालयले पनि सहयोग गर्ने भएको छ । बिपी राजमार्गका क्षतिग्रस्त विभिन्न स्थान मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीबीच छलफल भएको हो ।
छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत अधिकारीसमेत सहभागी थिए । सडक विभागले क्षतिग्रस्त सबै स्थानमा प्राविधिक तथा उपकरण परिचालनगरी सवारी आवागमन सहज बनाउने काम गरिरहेको जनाएको छ ।

नारायणी लिफ्टबाट पानी छोडियो

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली

दोर्दी केन्द्र जोड्ने सडक कालोपेत्र गर्न सुरु

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

प्रतिक्रिया