थाइ एयर एशियाको आजदेखि थाइल्याण्डदेखि काठमाडौँ उडान सुरू

काठमाडौँ- पहिलोपटक थाइ एयर एशियाले थाइल्याण्डबाट काठमाडौँ उडान सुरु गरेको छ । बुधबार दिउँसो थाइल्याण्डबाट १५६ यात्रु लिएर काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक तथा सहप्रवक्ता ज्ञानेन्द्र भूलले आजबाट थाइ एयर एशियाले बैंककदेखि काठमाडौँको उडान सुरु गरेको जानकारी दिए ।
उनका अनुसार काठमाडौँमा साताको चारवटा उडान गर्छ । कात्तिक ११ बाट भैरहवाको विमानस्थलबाट चार उडान गर्ने योजना छ ।
थाइ एयर एशियाको उडान थप भएसँगै काठमाडौँ र थाइल्याण्डको उडान संख्यामा वृद्धि भएको भूलको भनाइ छ । हाल थाइ एयरवेजको १४ वटा, थाइ लाइन ७ वटा, नेपाल एयरलाइन्सको ३ र थाइ एयर एशियाको ४ वटा उडान हुने उनले बताए ।
दैनिक काठमाडौँदेखि थाइल्याण्डको चार उडान हुने उनले जानकारी दिए । सातामा बैंककको उडान २८ वटा हुने उनले उल्लेख गरे ।
भूलले नेपालको पर्यटन प्रवर्द्धन गर्न थाइ एयर एशियाको उडानले निकै महत्त्व राख्ने बताए । थाइ एयरले भैरहवा विमानस्थलदेखि चाँडै उडान भर्ने विश्वास राखेको उनको भनाइ छ ।
बुद्धको जन्मभूमिको प्रचारप्रसार हुने उनले विश्वास व्यक्त गरे । ‘काठमाडौँ र थाइल्याण्डको मात्र सम्बन्ध विस्तार नभइ यस उडानले भैरहवालाई समेत थाइल्याण्डसम्म जोड्नेछ,’ उनले भने,’ यसले बुद्धको जन्मभूमि रहेको पवित्र स्थानमा उडान सुरु गर्दा यहाँको प्रचारप्रसारमा सहयोग गर्नेछ ।‘

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_lHCEFU3vHe_1ihtkmxxo8kcfnieztumzhlfyhknqzoajjtvc8fafvdogbpxyxjdvfaojq7n.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया