भोलिदेखि देशभरका विमानस्थल बिहान साढे ४ बजेदेखि खुला हुने

काठमाडौँ- भोलिदेखि काठमाडौँबाहिरका आठ वटा विमानस्थल (घटस्थापनादेखि कोजाग्रत पूर्णिमा) सम्म बिहान साढे ४ बजेदेखि राति १२ बजेसम्म खुला हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा सहप्रवक्ता ज्ञानेन्द्र भूलले बढ्दो हवाई चापलाई सम्बोधन तथा चाडवाडलाई लक्षित गरी काठमाडौँ बाहिरका विमानस्थल बिहान साढे ४ बजेदेखि खुला गरिने जानकारी दिए ।
आवश्यकता अनुसार थप अन्य विमानस्थलबाट उडान सञ्चालनममा ल्याइने उनको भनाइ छ । चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, पोखरा, नेपालगञ्ज र धनगढी विमानस्थल साढे ४ बजेबाट सञ्चालनमा आउने छन् ।
‘यसअघि काठमाडौँ बाहिरका विमानस्थल ६ बजेबाट सञ्चालन आउने गर्थ्यो,’ उनले भने,’ साढे ४ बजेबाट उडान गर्दा थप उडान गर्न सकिन्छ । चाडबापर्वबाट बढी उडानको माग हुन्छ र अर्को भनेको बाढीपहिरोले सडक अवरुद्धले पनि थप उडानको माग भएको हो ।‘
बढ्दो हवाई यातायातको मागलाई सम्बोधन गर्न प्राधिकरणले बिहानदेखि खुलाउने निर्णय गरेको उनले बताए । ‘सडक यातायात अवरुद्ध भएको खण्डमा हवाई यातायातले त्यसको परिपूर्ति गर्नुपर्छ,’ उनले अगाडि थपे,’ हवाई यातायातले विषम परिस्थितिमा सेवा प्रवाह गर्छ । ‘

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_lHCEFU3vHe_1ihtkmxxo8kcfnieztumzhlfyhknqzoajjtvc8fafvdogbpxyxjdvfaojq7n.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया