निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम चाँडै हुन्छ - उपप्रधानमन्त्री पौडेल
काठमाडौँ - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम चाँडै भुक्तानी गरिने बताएका छन् ।
बुधबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न भइसकेका आयोजनाहरूको भुक्तानी छिटै दिने बताएका हुन् । उनले प्रक्रियागत कारणले ढिलाई भएको हुनसक्ने भन्दै दशैँअघि नै भुक्तानी दिन प्रयास गर्ने बताए ।
पौडेलले संसदले पास गरेको बजेटका लागि निर्माण व्यवसायीले कुनै चिन्ता लिन नपर्ने धारणा राखे । उनले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएकाले निर्माण व्यवसायी महासंघको सहयोगको अपेक्षा गरे ।
बिगत लामो समयदेखि राज्यले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल लगायतका आयोजनाहरूको निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व करिव ४५ अर्ब रुपैया रहेको महासंघले जनाएको छ ।

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया