नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ - नेप्सेमा आज २६ अंकको गिरावट आएको छ । बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा रोकिएको हो ।
आज ३१० कम्पनीको कारोबार हुँदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज नेशनल फाइनान्सको सबै भन्दा बढी २० करोड ७१ लाख ५५ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ७ लाख ९ हजार ८६७ कित्ता शेयर कारोबार भएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया