नेपाली सेनाको हेलिकप्टरबाट करिब ८ सयको उद्धार
काठमाडौँ - काभ्रे जिल्लामा नेपाली सेनाको हेलिकप्टरबाट हालसम्म करिब ८ सय जनाको उद्धार गरिएको छ ।
अविरल वर्षाको कारण काभ्रेको विभिन्न स्थानमा आएको बाढी र पहिरो कारण जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेकालाई नेपाली सेना तथा जिल्ला स्थित सुरक्षा निकाय र अन्य संघ संस्थाहरूको समेत समन्वयमा उद्धार गरिएको हो ।
कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले नेपाली सेनाका फौज विभिन्न स्थानमा परिचालन गरी खोज तथा उद्धार कार्यमा सक्रिय भएको बताए । असोज १० गते देखि निरन्तर परिरहेको अविरल वर्षातका कारण असोज ११ र १२ गते जिल्लाका विभिन्न स्थानमा क्षति भएको थियो ।
नेपाली सेनाको कालीजंग गणले मंगलटार इलाकामा रहेका अलपत्र अवस्थाका नागरिकहरूलाई रोशी ९ मा खाद्यान्न समेत वितरण गरेको थियो भने ३७ ब्यक्तिहरूको उद्धार गरेको थियो । जसमा २३ जना घाइते थिए ।
पनौती नगरपालिका वडा नम्बर १२ मा उद्धार टोली मार्फत ३ जनाको उद्धार पछि अस्पताल पठाएको थियो । रोशी गाउँपालिकामा ३ विदेशी नागरिक सहित ४० ब्यक्तिहरूको उद्धार गरेको छ । चौरीदेउराली, बेथान्चोक गाउँपालिकामा रहेका घाइतेहरूको पनि उद्धार गरेको छ ।
रोशी र तेमाल गाउँपालिकामा गणले २ सय भन्दा धेरै व्यक्तिलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ भने सिन्धुली र रोशी गाउँपालिका अलपत्र रहेका विदेशी नागरिकहरूसहित ३७ जनाले तेस्रो चरणमा धुलिखेल ल्याएको थियो ।
खोज र उद्धारसँगै नेपाली सेनाको फौजले स्थानीयहरूको पुरिएका घरहरूको सामग्री निकाल्न सहयोग गरिरहेका छन् भने नागरिकहरू पुरिएको अवस्थामा खोजका लागि सहयोग गरिरहेका छन् ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया