स्पेनका लिजेण्ड खेलाडी इनेस्टाले ४० बर्षमा लिए फुटबलबाट सन्यास

काठमाडौँ- स्पेनका लिजेण्ड फुटबलर आन्द्रे इनेस्टाले फुटबलबाट सन्यास लिएका छन् । ४० वर्षीय इनेस्टाले आफ्नो सन्यासको अक्टोबर ८ मा घोषणा गर्ने बताइएको छ ।
इनेस्टा हाल युएई लिगको इमिरेट्स क्लबसँग आवद्ध रहेका छन् । इनेस्टाले अब कोचिङमा काम गर्ने बताइएको छ । उनले यस अघि नै बार्सिलोनाको कोचिङमा इच्छा देखाएका थिए ।
बार्सिलोनाका लागि सन् २००० देखि २०१८ सम्म खेलेका इनेस्टाले सिनियर टिमका लागि ६७४ खेल खेल्दै ५७ गोल गरेका छन् ।
बार्सिलोना छोडेपछि उनले जापानी क्लब भिसेल कोबेमा ५ बर्ष खेलेका थिए । इनेस्टाले स्पेनको राष्ट्रिय टिमबाट भने २०१८ मै सन्यास लिएका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया