कस्तो छ अभिनेता रजनीकान्तको स्वास्थ्य ?

काठमाडौँ- बलिउड अभिनेता रजनीकान्तको मुटुको उपचार गरिएको छ । मिडिया रिपोर्टका अनुसार रजनीकान्तको स्वास्थ्यबारे अस्पतालले एक बुलेटिन जारी गर्दै जानकारी दिएको छ ।
रजनीकान्तलाई ३० सेप्टेम्बर २०२४ मा ग्रिम्स रोडस्थित एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुबाट निस्कने मुख्य रक्तनलीमा सुन्निएको थियो, जसको शल्यक्रिया नगरी ट्रान्सक्याथेटर विधिबाट उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।
सिनियर इन्टरभेन्शनल कार्डियोलोजिस्ट डा. साई सतीशले स्टेन्ट राखेर सुन्निने कामलाई पूर्ण रूपमा बन्द गरिदिएको बताएका छन् ।
बुलेटिनमा थप भनिएको छ, 'हामी उहाँका शुभचिन्तक र प्रशंसकहरूलाई यो प्रक्रिया योजना अनुसार अघि बढेको जानकारी गराउन चाहन्छौं । रजनीकान्त स्थिर र निको भइरहेका छन् । उनी पनि दुई दिनमा घर फर्कनेछन् ।'
उनलाई सोमबार राति अस्पतालमा भर्ना गरिएको थियो ।

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

प्रतिक्रिया