इरानले इजरायलविरुद्ध मिसाइल आक्रमण गर्ने अमेरिकी आशंका

काठमाडौँ - अमेरिकाले इरानले इजरायलविरुद्ध मिसाइल प्रहार गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेको छ ।
समाचार एजेन्सी एएफपीले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो समाचार दिएको हो र रोयटर्सले पनि ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो समाचार दिएको छ ।
अमेरिकी अधिकारीहरूले एएफपीलाई भनेका छन्, इरानले इजरायलमाथि आक्रमण गरेमा गम्भीर परिणाम भोग्नुपर्नेछ । अमेरिकी मिडिया सीबीएसका अनुसार ह्वाइट हाउसका एक अधिकारीले भने, 'इजरायलविरुद्धको कुनै पनि प्रत्यक्ष आक्रमणले इरानका लागि गम्भीर परिणाम ल्याउनेछ ।'
अर्कोतर्फ इजरायली सेनाका प्रवक्ताले इजरायलमाथि इरानले आक्रमण गरे गम्भीर परिणाम आउने चेतावनी दिएका छन् ।
यसैबीच इजरायली रक्षा बलले ट्वीटरमा लेखेका छन्, उनीहरूले बेरुतमा आक्रमण सुरु गरेको छ ।
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

पाकिस्तानमा बाढीले १४० बालबालिकासहित २९९ जनाको मृत्यु

युरेनियम प्रशोधन हाम्रो अधिकार हो : इरान

घानाद्वारा ‘कोको’ किसानको मूल्यमा ऐतिहासिक वृद्धि

अमेरिकी श्रम बजार कमजोर हुँदै, अर्थतन्त्रमा जोखिम बढ्दै

भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, दुई देशबीच १० अर्बको ब्यापार सम्झौ…

प्रतिक्रिया