शिगेरु बने जापानको नयाँ प्रधानमन्त्री

काठमाडौँ - शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का अध्यक्ष निर्वाचित भएका शिगेरु प्रधानमन्त्रीमा चयन भएका हुन् ।
संसदको दुवै सदनमा एलडिपीको बहुमत भएकाले शिगेरु सजिलै प्रधानमन्त्रीमा चयन भएको जापानी मिडिया एनएचके न्युजले उल्लेख गरेको छ ।
६७ बर्षिय शिगेरु जापानको १०२औ प्रधानमन्त्री बनेका छन् ।
शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।
हालको संसदको कार्यकाल २०२५ को जुलाईसम्म रहेको भएपनि शिगेरुले तुरुन्तै निर्वाचन गर्न लागेका हुन् । सत्तारुढ दलको गिर्दो लोकप्रियताका कारण उनले निर्वाचन गर्न लागेको उनका आलोचकहरूले बताएका छन् ।
जापानको तल्लो संसदको ४६५ सिटमध्ये एलडिपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसद संख्या ४५ रहेको छ ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया