आफूमाथि दायर भएको अवहेलना मुद्दाको डटेर सामना गर्छु - बार अध्यक्ष घिमिरे

काठमाडौँ - नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूमाथि दायर भएको अवहेलना मुद्दाको डटेर सामना गर्ने बताएका छन् ।
मंगलबार बारमा पत्रकार सम्मेलन गर्दै घिमिरेले आफ्नो अभिव्यक्तिलाई लिएर मुद्दा चलाइएको भन्दै बारले डटेर सामना गर्ने बताएका हुन् ।
उनले अदालतलाई होच्चाउने कुनै कुरा नगरेको र न्यायपरिषद्ले गरेका गैरसंवैधानिक कामको विरोध मात्रै गरिएको धारणा राखे । न्यायलयमा भष्ट्राचार रहेको कुरा अघिल्ला प्रतिवेदनहरूले देखाएको अवस्थामा भ्रष्टाचारका विषयमा आफूले बोलेको कुराहरू स्वभाविक रहेको उनले बताए ।
घिमिरेले आफूलाई मन नपरेका विरुद्ध मुद्दा लगाउने कार्यको विरोध गर्दै जस्तोसुकै परिस्थिति आएपनि गैरसंवैधानिक क्रियाकलापविरुद्ध बोलिरहने स्पष्ट पारे ।
उनले मर्यादित तवरले विरोध जारी राख्ने र न्यायपरिषद्को कुनै पनि कदमले बार विचलित नहुने धारणा राखे ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया