सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

राहत वितरण सुरु, दुई दिनभित्र खोज-उद्धारका काम सकिन्छ- प्रधानमन्त्री ओली

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका  लागि आवश्यक प्रबन्ध गरिएको बताए । क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।​

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलन प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले विपद्का कारण २२४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी दिएका छन् ।

विपद्को घटनाबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।

मुख्य सचिव अर्यालले खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड सडकमा २ अर्ब ५२ करोड, उर्जामा ४ अर्ब, सिचाईंमा एक अर्बको नोक्सानी भएको प्रारम्भिक आकलन रहेको बताए । त्यसैगरी कृषि तथा पशुपंक्षीमा ६ अर्बको नोक्सानी भएको उनले जानकारी दिए ।


 

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानमन्त्री ओली

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानम…

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको छ : प्रधानमन्त्री ओली

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको…

मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री खड्का

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री खड्का

सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदान २.८ अर्ब स्वीकार गर्ने

सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदा…