सिस्नेरी-छैमले सडक खण्डमा अड्किएका २ सय बढी सवारीको उद्धारमा जुटे प्रदेश भौतिक मन्त्री मास्के
काठमाडौँ- गत शुक्रबारदेखि हेटौंडा-कुलेखानी–सिस्नेरी–छैमले-काठमाडौँ सडकअन्तर्गत छैमले खण्डमा अड्किएका र अलपत्र परेका सयौँ सवारी साधनको उद्धार गरिएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले सडकमार्ग अवरुद्ध भएका कारण सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए । अहिले करिब २ सयभन्दा धेरै अलपत्र परेका सवारी साधनलाई छैमलेको बाटो खुलाएर गन्तव्यमा पठाउन लागिएको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री अमर मास्केले जानकारी दिए ।
उनले भने, 'काठमाडौँ जानका लागि छुटेका गाडीहरू हेटौंडा हुँदै सिस्नेरीभन्दा माथि आइसकेपछि अस्ति शुक्रबारदेखि अड्किएका थिए । अहिले छैमलेको केराबरीको ठूलो पहिरो हटाउँदैछौँ । र, पहिरोको बीचमा फसेका सबै सवारी साधनलाई काठमाडौँ पठाउँछौँ ।'
मन्त्री मास्केको अगुवाइमा बिहानैदेखि टोली सडक सञ्चालनमा खटिएको छ । मन्त्री मास्के आफैँ सडक खुलाउन र उद्धारमा लागेका हुन् । उनीसँगै मन्त्रालयका सचिव, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता रहेको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया