फिल्म ‘सानो संसार’ पुन प्रदर्शन गरिने

काठमाडौँ - अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि फिल्म ‘सानो संसार’का निर्माताले प्रदर्शनको दुई दिनमै रिलिज स्थगित गरेका थिए । अब आगामी कात्तिक ९ गते फिल्मलाई पुनः प्रदर्शन गरिने भएको छ ।
निर्माण कम्पनी प्रिन्सेस मुभिजले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराएको हो । कात्तिक ९ गते अन्य कुनै नेपाली फिल्म छैनन् ।
प्रदर्शन पूर्व काठमाडौंमा गरिएको प्रिमियरमा ‘सानो संसार’ले राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मको कथावस्तु र कलाकारहरूको अभिनयको प्रशंसा भएको थियो । तर, रिलिजकै दिनदेखि देशभर पानी पर्दा हलमा फिल्म हेर्ने दर्शक शून्य बराबर थिए । यसपछि फिल्मको प्रदर्शन नै स्थगित गर्न निर्माता बाध्य भए । अब फेरि फिल्मको प्रचारमा निर्माताले ठूलो खर्च र मिहिनेत गर्नुपर्ने देखिन्छ ।
सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको फिल्ममा सीतादेवी तिमिल्सेना, अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय रहेको छ ।
निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को निर्मातामा अर्जुन कुमार र कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया