बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीन स्वीप

काठमाडौँ - भारतले बंगलादेशविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । मंगलबार दोस्रो टेस्ट ७ विकेटले जितेर भारतले २ खेलको सिरिज २-० ले जितेको हो ।
यस टेस्टमा बंगलादेशले भारतलाई ९५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य भारतले ३ विकेट गुमाउँदै पुरा गरेको थियो ।
खेलको तीन दिन वर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिँदा बंगलादेशले दोस्रो इनिंग शुरु गरेको थियो । चौथो दिनको खेल सकिँदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको थियो र भारतभन्दा २६ रनले अझै पछाडि रहेको थियो । खेलको पाँचौं दिन बंगलादेश आफ्नो दोस्रो इनिंगमा केवल १४६ रन बनाएर अल आउट भएपछि भारतले ९५ रनको लक्ष्य पाएको थियो ।
यस अघि भारतले आज आफ्नो पहिलो इनिङ्गमा ९ विकेट गुमाउँदै २८५ रन बनाएर इनिङ्ग घोषणा गरेको थियो । भारतले पहिलो इनिङ्गमा ५२ रनको अग्रता लिएर इनिङ्ग घोषणा गरेको थियो । त्यस्तै बंगलादेश आफ्नो पहिलो इनिङ्गमा २३३ रन बनाएर अल आउट भएको थियो ।
भारत र बंगलादेशले अब आइतबरदेखि ३ खेलको टी-२० सिरिज खेल्दै छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया