स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।
प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरूलाई राहत तथा पुनःस्थापनाको विषयमा छलफल गर्न बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ ।
प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका थिए ।
अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले असोज १० मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । त्यस्तै प्रधानमन्त्री ओली अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए ।
प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू अमेरिका गएका थिए ।

शिक्षा मन्त्री पन्तले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन मागे साताको समय

कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुनः प्रधानमन्त्री …

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

उर्जा मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल छिनोफानो गर्नु'

सरकार मौन बस्दा प्रतिगामीले फुर्ति देखाएः प्रधानमन्त्री ओली
जेठको अन्तिमदेखि ग्वार्काे चोकको फ्लाइओभरमा गाडी आवतजावत हुनेः मन्त्री दाहाल

सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने

प्रतिक्रिया