ग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँ - फ्रान्सका अट्याकिङ मिडफिल्डर एन्टोनी ग्रीजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
सामाजिक सञ्जालमा सोमबार एक पोष्ट गर्दै ३३ बर्षीय ग्रीजम्यानले सन्यासको घोषणा गरेका हुन् । सन्यास घोषणा गर्दै उनले भनेका छन्- 'यो सम्झनाले भरिएको हृदयले मेरो जीवनको यो अध्याय बन्द गर्दैछु ।'
हाल स्पेनिस क्लब एटलेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका ग्रीजम्यान २०१४ मा फ्रान्सका लागि डेभ्यु गरेका थिए । उनले फ्रान्सका लागि अहिलेसम्म १३७ खेल खेल्दै ४४ गोल गरेका छन् ।
फ्रान्सको यू-१९ टिम हुँदै राष्ट्रिय टिममा खेलेका ग्रीजम्यान फ्रान्सलाई २०१८ को विश्वकप जिताउने टिमका महत्वपूर्ण सदस्य थिए । साथै २०२२ को विश्वकपमा उपविजेता हुँदा पनि उनी टिममा थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया