अनेरास्ववियू क्रान्तिकारीको महाधिवेशनमा कुर्सी हानाहान

काठमाडौँ - नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको महाधिवेशनमा लफडा भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा विद्यार्थी नेताहरु कुर्सी हानाहानमा उत्रिएका छन् ।
अहिले अध्यक्षका दाबेदार रहेका नेताहरु उमेर हद लगाउन नहुने पक्षमा रहेका छन् भने केही युवा नेताहरु ३२ वर्षे उमेरहद लगाउने पर्ने पक्षमा रहेका छन् । उमेर हद लागेका यस महाधिवेशनमा अध्यक्षका आकांक्षी रहेका अधिकांशको विद्यार्थी राजनीति सकिने भएकाले यो विषय विवादमा आएको बताइएको छ ।
आइतबार मूलपार्टी माओवादी केन्द्रले उमेर हद बारेको निर्णय महाधिवेशनको हलले नै गर्ने निर्णय गरेपछि आज यो विषयमा निर्णय लिने तयारी गरिएको छ ।
१० असोजदेखि जारी २३औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तालिका रहेपनि आजको तोकिएको निर्वाचनको प्रक्रिया अहिलेसम्म शुरु नै हुन सकेको छैन । आज उमेर हदको विवाद मतदानबाट टुंगो लगाएर निर्वाचनमा जाने बताइएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया