'प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधारमा २५ अर्ब भन्दा बढीको क्षति'

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्ब भन्दा बढिको क्षति भएको बताएका छन् ।
अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्की पुल देखि सडक, झोलुङ्गे पुल बगाएको र ठूलो क्षति भएको बताएका हुन् ।
उनले क्षतिग्रस्त सडकहरूको मर्मत गरि यातायात सूचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको धारणा राखे । चाडवाडअघि नै अवरुद्ध भएका सबै सडक सञ्जाल सुचारु भइसक्ने जानकारी दिँदै मन्त्री दाहालले अन्य सडकखण्डहरू पनि मर्मत गरिने बताए ।
उनले चाडवाडमा हवाई भाडा निकै महङ्गो देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सरकार लागिरहेको बताए ।
यात्रुहरूलाई सहज रुपमा यात्रा गराउनका लागि प्रभावकारी रुपमा अनुगमन गरिने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले भनेः दाह्री काटेर जुत्ता लगाउँछु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री भण्डारी

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

प्रतिक्रिया