हङकङमा कल्पनाको 'अशान्त धड्कन'को लोकार्पण

हङकङ- कल्पना काफ्लेको मुक्तक सङ्ग्रह 'अशान्त धड्कन' मुक्तक सङ्ग्रहको लोकार्पण भएको छ । हङकङको जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा लोकार्पण भएको हो ।
हङकङ साहित्यिक साझा शृङ्खलाले आयोजना गरेको कल्पना काफ्लेको मुक्तक सङ्ग्रह लोकार्पण तथा विमर्श समारोहमा उक्त संस्थाका संयोजक रमण गुरुङको सभापतित्व, हङकङका लागि नेपाली उप वाणिज्य दूत भोजकुमार भट्टराईको प्रमुख आतिथ्य, संस्थाका सल्लाहकार वरिष्ठ साहित्यकार गुरुङ, डा.विभाकर शाक्य, रिता गुरुङ, टीका गुरुङ, कल्पनाका श्रीमान् कृष्णप्रसाद आचार्य, नेपाल वायुसेवा निगम हङकङका मेनेजरहरू सुनिल श्रेष्ठ, विजय अधिकारीलगायतले कृतिको लोकार्पण गरेका हुन् ।
हङकङ साहित्यिक साझा शृङ्खलाको आयोजनामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ समालोचक डा. अशोक थापा र जानु काम्बाङले पुस्तकको समीक्षा गरेका थिए । उक्त कार्यक्रममा साहित्यकार कमल पौडेल, पत्रकार अनोज रोक्का, बज्र थुलुङ राईलगायतका कृति उपर चर्चा गर्नाका साथै रचना वाचन गरेका थिए ।
हालसालै प्रकाशित 'अशान्त धड्कन' नेपालका साथै दुबईमा पनि विमोचन भइसकेको मुक्तक सङ्ग्रह हो ।
कल्पनाले केही मुक्तकहरू वाचन गर्दा 'वान्स मोर' भनेर हुटिङ गरेको दृश्य निकै लोभलाग्दो थियो । देश बाहिर मुक्तकले यसरी तहल्का मच्चाउन सक्ने कृति बनेको छ कल्पनाको अशान्त धड्कन ।
यो पुस्तक बी एन बुक्स काठमाडौँले प्रकाशित गरेको हो ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_XCaMD32jpz_juqggeor084nfttuym3l4zeu7nikzv8sxhyccyicxjxdhftd8h8mslokscxj.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया