माथिल्लो तामाकोशीमा दुई जनाको शव फेला

दोलखा- माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।
पहिरोमा परी चारजना बेपत्ता भएकामा दुई जनाको शव आइतबार फेला परेको हो । तर शवको पहिचान भने हुन सकेको छैन । दुवै शव नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी चरिकोट ल्याइएको छ । ती शव चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लेदोसहितको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कन्ट्रोल विल्डिङ पुरिँदा त्यसको सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्रबहादुर पाल, अर्का सैनिक शङ्कर चन्द तथा नवलपरासीको प्रतापपुर घर भई माथिल्ले तामाकोशीमा काम गर्दैआएका ३५ वर्षीय कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका–१ स्यालु घर भई कार्यालय सहयोगीको रुपमा कार्यरत ३० वर्षीय जयराम तामाङ सम्पर्कविहीन भएका थिए ।
ती मध्ये दुई जनाको शव फेला परेपनि पहिचान हुन सकेको छैन । पहिरोले पुरिँदा सम्पर्कबिहिन भएका अन्य दुई जनाको अवस्था अज्ञात छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया