विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल

काठमाडौँ - पर्यटकको खोज, उद्धार, उपचार तथा अनुगमन निर्देशक समितिको बैठकले विपद्मा परेका पर्यटकको तत्काल उद्धारकार्यमा सहयोग गर्न स्थानीय सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका छाता सङ्गठनलाई अनुरोध गरेको छ ।
पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीको संयोजकत्वमा आज बसेको बैठकले पर्यटकको खोज र उद्धारमा सहयोग गर्न तथा विपद्मा परेका पर्यटकको उपचारमा सहजीकरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले मनास्लु र सोलुखुम्बु क्षेत्रमा उद्धारको पर्खाइमा रहेका पर्यटकको हवाई उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर फ्लाइट अनुमति प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तत्काल अनुरोध गर्ने निर्णय गरेको छ ।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाका अनुसार मनास्लु र सोलुखुम्बुमा रहेका पर्यटकको अवस्था बुझ्नलाई नेपाल पर्वतारोहण सङ्घको नेतृत्वमा तत्काल अनुगमन गर्ने निर्णय गरिएको छ । बैठकले यही असोज ११ र १२ गतेको अविरल वर्षाको कारण विपदमा परेका पर्यटकको खोज, उद्धारकार्यमा सहयोग गर्ने निकाय÷व्यक्तिलाई धन्यवाद दिएको छ ।
साथै उद्धार उडान गर्दा अनुमति प्राप्त गर्ने प्रकृया झन्झटिलो र लामो समय लाग्ने भएकाले प्रकृया अनुमति छोट्याउन तथा निषेधित क्षेत्रमा उद्धार उडान गर्दा अनुमति प्राप्त गर्ने प्रकृया झन्झटिलो र लामो समय लाग्ने भएकाले प्रकृया अनुमति छोट्याउन तथा निषेधित क्षेत्रको सम्बन्धमा पुनरावलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखेर पठाउने निर्णय गरेको निर्देशक समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया