झ्याप्ले खोलामा अवरुद्ध सडक सुचारु

काठमाडौँ - धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक सुचारु भएको छ । पहिरोले पुरिएका चार सवारी साधनबाट शनिबार र आइतबार गरि ३५ शव निकालेपछि अब सुरक्षाकर्मीले सडक खुलाएका हुन् ।
योसँगै काठमाडौँ-मुग्लिङ सडक खण्ड सुचारु भएको छ । अहिले पहिरोका कारण सडक अवरुद्ध नरहेको प्रहरीले जानकारी दिएको छ ।
झ्याप्ले खोलाको पहिरोमा बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर, चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस, गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस तथा बा १ प १३८८ नम्बरको बस पुरिएका थिए ।
पहिरोमा पुरिएको बस तथा शव नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले निकालेको हो । र यो क्रम जारी रहने प्रहरीले जनाएको छ ।
चापलाई ध्यानमा राख्दै शनिबार बिहानदेखि सुरूङमार्गबाट सवारी साधन काठमाडौँ पठाइएको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया