कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता

विराटनगर - हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्राप्त जानकारीअनुसार असोज ११ गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले प्रदेशमा १४ को मृत्यु, १३ घाइते, आठ जना बेपत्ता भएका छन् । यस्तै चौपायातर्फ ६४ मरेका, एक घाइते र पंक्षीतर्फ एक हजार २०६ मरेका छन् ।
भौतिक संरचनातर्फ १९ पक्की घरमा पूर्ण, ५८ मा आंशिक क्षति र अन्य घरतर्फ ३९ मा पूर्ण, ३३ आंशिक तथा १३ गोठ, छ सरकारी कार्यालय, चार सवारी साधन, १३ वटा पुल तथा कल्र्भटमा क्षति हुनुका साथै पाँच सय ४२ घरधुरी प्रभावित भएका कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालले जानकारी दिए ।
मृत्यु हुनेमध्ये इलामका एक जनालाई खोलाले बगाएर र अन्य सबैको पहिरोमा परेर मृत्यु भएको सूचना अधिकारी दाहालले बताए । उनकानुसार बेपत्तामध्ये पहिरोले चार र खोलाले चार जनालाई बगाएको हो ।
बाढीपहिराले गर्दा सोही अवधिमा चार सय नौ परिवारका एक हजार ६५० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने यहाँ उच्च जोखिममा रहेका घर तथा कार्यालयको सङ्ख्या एक हजार ९२ रहेको र ५९ वटा बाटो अवरुद्ध रहेको सूचना अधिकारी दाहालले जानकारी दिए ।
अविरल वर्षाले इलाममा एक, पाँचथरमा पाँच, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच गरी १४ जनाको मृत्यु भएको छ । यस्तै, घाइते हुनेमा झापामा दुई, पाँचथरमा पाँच, धनकुटामा दुई, तेह्रथुममा एक, खोटाङमा एक गरी १३ जना रहेका छन् । झापाका दुई, पाँचथरका पाँच, मोरङका एकजना बेपत्ता भएका जनाइएको छ ।
यस्तै, सबैभन्दा बढी झापामा तीन सय चार, मोरङमा एक सय २०, सुनसरीमा ४९, धनकुटामा २३, तेह्रथुममा ११ र उदयपुरमा २१ घर प्रभावित भएका छन् । झापामा पाँच सय २३, मोरङमा चार सय ८७, सुनसरीमा तीन सय ५८ र खोटाङमा एक सय १९ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
बाढीपहिरो र डुबानमा परेका नागरिकलाई थप क्षति हुन नदिन प्रदेशभरिमा एक हजार ९२ सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसक्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गरिएको थियो ।
प्रदेशमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सूचना अधिकारी दाहालले बताए । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया