वैदेशिक रोजगारीमा जाने कामदारले खोप नपाए कोटा कटौती हुने जोखिम
'मन्त्रालयमा रोजगारदाता मुलुकले खोप अनिवार्य गर्नुपर्ने लिखित जानकारी पठाएको छैन'

काठमाडौँ : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई खोप लगाउन् नसक्दा नेपालले पाउने वैदेशिक रोजगारीको कोटा गुम्ने भएको छ । वैदेशिक रोजगारमा जान चाहनेले खोप नपाएमा खाडीसहितका मुलुकले उपलब्ध गराउँदै आएको रोजगारी कटौती हुने सम्भावना बढेको हो ।
नेपालले समयमा खोप खरिद गर्न नसक्दा र विदेशमा श्रम गर्ने कामदारलाई प्राथमिकतामा नराख्दा नेपालले नियमित रुपमा पाउने कोटा गुम्ने र समयमा नेपाली कामदार जान नपाउने भएका हुन् ।
खाडी मुलुकले कोभिडविरुद्धको खोप लगाएका श्रमिकलाई मात्र लैजाने भएपछि कोटा गुम्ने आशंका बढेको हो । केही मुलुकले कोभिड-१९ को महामारी फैलिएपछि नियमित रूपमा कामदार वैदेशिक रोजगारमा लगेका छैनन् । मलेसिया, कुवेत,ओमन र युएईले नियमित रूपमा कामदार लैजान पाएका छैनन् ।
'विदेशमा काममा जानेलाई खोप उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छौं'
रोजगारदाता मुलुकले कामदार मागे पनि सम्बन्धित मुलुकलाई कामदार पठाउन नसक्ने भएपछि कोटा गुम्ने भएको छ । रोजगारदाता मुलुकले खोप लगाएका आप्रवासी कामदारलाई मात्र लिने भएमा नेपालमा कामदारको कोटा गुम्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
नेपाली कामदार रहेका मुलुकले लिखित रूपमा खोप नलगाएका कामदारलाई नलैजाने जानकारी नआएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिए ।
उनका अनुसार सञ्चारमाध्यममा आएका कुरालाई लिएर श्रम मन्त्रालय गम्भीर छ । नेपाली कमदार भएका मुलुकले यदि त्यसो भनको भए कूटनीतिक वार्ता गर्न सकिने काफ्लेले बताए ।
'वैदेशिक रोजगारमा गएका धेरै नेपालीले खोप लगाएका छन,' काफ्ले भन्छन,' छुट्टीमा आएका पहिलो खोप लगाएर आएका नेपाली कामदारलाई जान समस्या भएको भन्ने सुन्नमा आएका छ । सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासलाई बुझ्न आग्रह गरिएको छ ।'
काफ्लेका अनुसार बहराइन, साउदी अरब, कुवेत र युएईमा भएका कामदारले पनि खोप लगाइसकेका छन् । वैदेशिक रोजगारीमा जाने र श्रमको क्षेत्रमा काम गर्नेलाई कोभिडविरुद्धको खोप व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयलाई पनि आग्रह गरिसकेको काफ्लेले जानकारी दिए ।
'खोप उपलब्धता भएमा सबैलाई दिने'
कोभिडविरुद्धको खोप उमेर समूहलाई लक्षित गरेर लगाएकाले धेरै मानिस खोप पाउनबाट वञ्चित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. कृष्ण पौडेलले बताए । उनका अनुसार फ्रन्टलाइनरको रूपमा काम गर्ने, स्वास्थ्यकर्मी,ज्येष्ठ नागरिक र अन्य पेशाका मानिसलाई खोप लगाइ सकिएको छ ।
'खोप पर्याप्त मात्रामा आयात भएमा मात्र अन्य मानिसले लगाउन पाउछन,' पौडेल भन्छन,' खोप आयातका लागि विभिन्न मुलुकसँग वार्ता भइरहेको छ ।' वैदेशिक रोजगारका क्षेत्रमा काम गर्नेले पनि खोपको माग गरेको उनले जानकारी दिए ।
सरकारले मुलुकमा खोप नभएर उपलब्ध नगराएको पौडेलको भनाइ छ । उनले वैदेशिक रोजगारले मुलुकको अर्थतन्त्र धानेको हुनाले रोजगारमा जानेलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । मुलुकमा खोप उपलब्ध नभएकाले रोजगारमा जानेले खोप नपाएको उनको ठहर छ ।
'खोप नपाएमा रोजगारको कोटा गुम्ने'
सरकारले वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने र रोजगारमा जाने मानिसलाई खोप लगाउने प्राथमिकतामा नराख्दा निकट भविष्यमा नेपालले पाउने कोटा गुम्ने खतरा बढेको नेपाल वैदेशिक रोजगार व्यवसायिक संघका कार्यवाहक अध्यक्ष कमल तामाङ् बताउँछन् ।
श्रम मन्त्रालयमा विदेश जाने मानिसलाई खोपको व्यवस्था गरिदिन पहिलो प्राथकितामा राखिदिनलाई आग्रह गरेको तामाङले बताए । सरकारको तर्फबाट नेपाली कामदारले खोप नलगाए पनि काम गर्न जाने मुलुकमा क्वारेन्टाइन बसेर जाने व्यवस्था मिलाइदिन उनले आग्रह गरे ।
विदेश जाने कामदारले खोप नपाएमा नेपालको अर्थतन्त्रमा व्यापक असर पर्ने तामाङको दाबी छ । कोभिड महामारीले गर्दा व्यवसायी अप्ठयारोमा परेकाले धरौटी रकम फिर्ता नदिएकोमा उनले गुनासो गरे ।

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

प्रतिक्रिया