बाढी पहिरोमा परेर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति छ मृतकको संख्या ?

काठमाडौँ- बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।
बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।
बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

तीनकुनेमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

सिंहको आँटेको काम बन्ने, तुलाको रोकिएका अधुरा काम पूरा हुने

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

प्रतिक्रिया