एक घण्टामा २० हजार बिरुवा रोपियो

बुटवल : लुम्बिनी प्रदेश सरकारको लक्ष्यअनुसार १ घण्टामा २० हजार बढी बिरुवा रोपिएको छ । राष्ट्रिय रेकर्ड कायम गर्ने लक्ष्यअनुसार प्रदेश सरकारले ‘तेस्रो वृक्षारोपण मुल समारोह कार्यक्रम’नाम दिएर पश्चिम नवलरासीको सुनवल नगरपालिका जर्गाहास्थित कोटही देवी सामुदायिक वनमा वृक्षारोपण गरेको हो ।
कोरोना महामारीका बीच प्रदेश सरकारले १५ सय बढी व्यक्तिहरुको सहभागितामा वृक्षारोपण गरिएको जानकारी दिएको थियो । वृक्षारोपणमा आएका अधिकांश व्यक्तिले मास्क लगाएका थिए । नलगाएका व्यक्तिहरूलाई मास्कको व्यवस्था गरिएको थियो ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा ५० प्रतिशत वन क्षेत्र रहेको बताए पनि काठ पैदावार विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए । ‘त्यो बाध्यतालाई हटाउन हाम्रै वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी छ । त्यसका लागि प्रदेश सरकार लागि परेको छ ।’ मुख्यमन्त्री पोखरेलले भने ।
कार्यक्रमबारे जानकारी दिँदै उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले नेपालमै रेकर्ड कायम गर्ने गरी प्रदेश सरकारले ‘मुल समारोह कार्यक्रम’ तय गरेर वृक्षारोपण गरिएको बताइन् । उनले १ घण्टामा २० हजार बढी विरुवा रोप्ने गरी १५ सय व्यक्ति सहभागी भएको बताइन् । सामुदायिक वनको २९ हेक्टर क्षेत्रफलमध्ये १५ हेक्टरमा वृक्षारोपण गरिएको हो । वृक्षारोपणका लागि १६ वटा स्टलहरू निर्माण गरिएको थियो ।
कार्यक्रम पश्चात डिभिजन वन कार्यालय नवलपरासीका डिभिजनल अधिकृत शंकर प्रसाद गुप्ताले लक्ष्यभन्दा बढी बिरुवा रोपेको बताए । ‘१ घण्टामा २० हजार विरुवा रोप्ने लक्ष्य थियो । तर हामीले उक्त अवधिमा २० हजार ९ सय १७ वटा विरुवा रोप्यौं’ वन अधिकृत गुप्ताले भने ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया