तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह

काठमाडौँ - सरकारले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद् व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भइ लाग्न अनुरोध गरेको उल्लेख गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद भट्टराईले शनिबार जारी विज्ञप्तिमा देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएकाले विद्यालय बन्द गर्ने निर्णय लिएको उल्लेख छ ।

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व आवश्यक छ : गीता क्षेत्री राणा

प्रतिक्रिया