तीन जिल्लामा सेनाको हेलिकप्टर उद्धारमा प्रयोग

काठमाडौँ - गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।
शनिबार दिउँसोपछि मौसम सामान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्धारका लागि सेनाको हेलिकप्टर काभ्रोपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
'प्रभावित क्षेत्रमा मौसम प्रतिकूल हुँदा हेलिकप्टर पठाउन सकिएको थिएन ।', उनले भने, 'मौसममा सुधार आएपछि तीन वटा जिल्लामा सेनाका हेलिकप्टर पठाएका छौं ।' सेनाको हेलिकप्टरले शनिबार काठमाण्डौ उपत्यका लगायत विभिन्न प्रभावित स्थानबाट उद्धार गरेको थियो ।
विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपदमा परेकाहरूको खोज तथा उद्धारमा २० हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य र अवरुद्ध सडक सुचारु गर्न सरकार लागि परेको बताएका छन् ।

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

तीनकुनेमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

सिंहको आँटेको काम बन्ने, तुलाको रोकिएका अधुरा काम पूरा हुने

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

प्रतिक्रिया