बाढी पहिरोका कारण काठमाडाैँ उपत्यकामा ३४ सहित देशभर ५९ जनाको मृत्यु

काठमाडौँ - बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी देशभर ५९ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार ३६ जना घाइते छन् भने ४४ जना बेपत्ता छन् ।
यस्तै काठमाडाैँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १६ जना घाइते भएका छन् ।
बाढीपहिरो तथा डुबानमा परेका एक हजार २ सय ५२ जनाको उद्धार गरिएको उनले बताए । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।
काठमाडौँमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । देशभरका ४४ राजमार्ग अवरुद्ध रहेको अधिकारीले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया