बाढी पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु

काठमाडौँ - दुई दिन देखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ५३ जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ललितपुरको नख्खु खोलाले बगाउँदा नखिपोट क्षेत्रबाट ४ जना बेपत्ता भएकोमा तीन जनाको उद्धार गरिएको छ । यसैगरी गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उपत्यकाका अधिकांश नदी किनारका वस्ती डुबानमा परेका छन् । थुप्रै क्षेत्र जलमग्न बनेका छन् । बाढीले उपत्यकाका सयौं घर डुब्दा स्थानीयको बिचल्ली भएको छ । मनोहरा, बागमती, विष्णुमतीलगायतका नदीमा आएको बाढी करिडोर पार गरेर बस्तीसम्मै पसेको छ ।
काठमाडौँका बागमती, विष्णुमती,मनोहरा नदीमा बाढी आउँदा आसपासका बस्ती डुबेका छन् । बाढीले च्यासल, टेकु, बल्खु, नख्खु,गोंगबु क्षेत्र डुबेका छन् ।
बागमती-मनोहरा दोभानमा बाढीले ग्यास ट्याङ्कर नै बगाएको थियो । बाढीले बगाइरहेका बेला ग्याँस लिग भएपछि सो क्षेत्रका स्थानीय त्रसित बनेका थिए । बाढीले ललितपुरको नख्खु -कुसुन्ती क्षेत्र प्रभावित बनेको छ भने भक्तपुरमा राधेराधे र हनुमन्ते खोला आसपासको क्षेत्र डुबानमा परेका छन् ।

सङ्कलन गरेको गोहीका अण्डाबाट कोरलियो बच्चा

एक किलो अफिमसहित पर्सामा चार जना पक्राउ

झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा

भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस

दुई प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

प्रतिक्रिया