ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो

ललितपुर- अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छभने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्यु भएको छ । गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ ।
महाङ्काल गाउँपालिका–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए । “वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन् । त्यहाँ पाँच जना थिए । उनीहरु सम्पर्क छैनन्”, उनले भने । प्रहरीहरु भने सुरक्षित स्थानतर्फ गएको उनले बताए ।
बागमती गाउँपालिका–६ आश्राङमा एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगाएको वडाध्यक्ष नारायण भोम्जनले जानकारी दिए । “हालसम्म मानवीय क्षति भएको छैन”, उनले भने ।
बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ । “बागमती पुलमा क्षति भएको छ, खानीखोला हाइड्रोपावर डुबानमा परेको छ, बागमती ३ नं वडा कार्यालय जोखिममा छ भने वडा नं ५ का रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ ।”

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

तीनकुनेमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

सिंहको आँटेको काम बन्ने, तुलाको रोकिएका अधुरा काम पूरा हुने

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

प्रतिक्रिया