अर्घाखाँचीबाट ११ फिट लामो दुर्लभ राजगोमन सर्पको उद्धार

काठमाडौँ : दुई दिनदेखि अर्घाखाँचीको एक घरमा पसेको दुर्लभ राजगोमन सर्पको उद्धार गरिएको छ । पाल्पाबाट गएको सागर पाण्डे नेतृत्वको टोलीले सर्पको उद्धार गरेको पत्रकार रविन घिमिरेले जानकारी दिए ।
उनका अनुसार अर्घाखाँचीको पाणिनि गाउँपालिका ७ झन्द्रेकमा घरभित्र पसेको सर्पको सोमबार दिउँसो उद्धार गरिएको हो । ११ दशमलव ४ फिट लामो राज गोमन सर्प दुर्लभ प्रजातीको सर्प हो ।
जुन असाध्यै विषालु हुन्छ । दुर्लभ सर्प भएकाले संरक्षण गर्नुपर्ने सर्प उद्धार टोलीका विज्ञ पाण्डेले बताए । घरभित्र सर्प पस्दा झन्द्रेक गाउँमा त्रास बढेको थियो भने सर्प हेर्नेको भीड समेत लागेको थियो ।
र, यो पनि

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया