आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

काभ्रेमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

काभ्रे- काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका- ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ । मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो ।

पहिरोमा परेर ४ जना बेपत्ता छन् । थुम्कीका अर्जुन भण्डारीको घर पहिरोले बगाएको छ । भण्डारीको घरमा पाहुना आएका ४ जना बेपत्ता रहेको बताइएको छ । स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ ।

रातको समय र निरन्तर पहिरो गइरहेकाले क्षतिको थप विवरण आउन बाँकी छ ।