आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

नारायणगढ-मुग्लिन सडकको ९ किलोमा सडक भासियो

चितवन- नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भासिएको छ ।

सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भासिएको ठाउँमा एउटा गाडी पल्टिएको छ ।

भासिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी मर्मतको कार्य हुँदै गरेकाले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

लगातारको वर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो ।