भोलि बिहानसम्म आन्तरिक उडान स्थगित

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ ।
निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।
विहिबार रातिदेखि निरन्तरको वर्षाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् ।
आन्तरिकतर्फ अधिकांश विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामो समय होल्ड भएर अवतरण गरेका थिए । क्यानका अनुसार हाल आन्तरिकतर्फ बिहान ६ बजेदेखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

प्रतिक्रिया