न्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक

काठमाडौँ- श्रीलंकाले न्यूजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा ६०२ रन बनाएर इनिंग घोषणा गरेको छ । टेस्टको दोस्रो दिन श्रीलंकाका तीन ब्याट्सम्यानको शतक सहित ५ विकेट गुमाएर ६०२ रन बनाए पछि इनिंग घोषणा गरेको हो ।
श्रीलंकाका लागि कमिन्दु मेन्डिसले १८२ रन बनाएका थिए । श्रीलंकाका लागि आठौ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ किर्तिमान बनाएका छन् । त्यस्तै यस खेलमा दिनेस चान्डिमलले ११६ र कुशल मेन्डिसले १०६ रन बनाएका थिए ।
आफ्नो पहिलो इनिंग शुरु गरेको न्यूजिल्याण्डले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाउदै २२ रन बनाएको छ । २ टेस्टको यस सिरिजमा श्रीलंकाले पहिलो टेस्ट खेल जितेर १-० को अग्रता बनाएको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया