वर्षाले आन्तरिक उडानमा समस्या

काठमाडौं- अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले भरतपुर र सुर्खेतको सबै उडान रद्द भएको बताए । उनले अहिलेम्म भद्रपुर र पोखरा उडान नभएको बताए । उडान रद्द भएपछि यात्रु गन्तव्यमा जान पाएका छैनन् । भरतपुर विमानस्थलबाट दैनिक ८ उडान हुने गरेका छन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया