मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

सरकारले भन्‍यो- पानी परिरहेको छ,टाढाको यात्रा नगर्नू

काठमाडौँ- गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो (बिहीबार) साँझदेखि अधिकांश स्थानहरूमा ठूलो पानी परिरहेकाले सचेत रहन आग्रह गरेको छ। प्राधिकरणले आज दैनिक विपद् बुलेटिन सार्वजनिक गर्दै यो क्रम असोज १३ गते आइतबारसम्म नै रहने संभावना रहेकाले अत्यावश्यकबाहेक घरदेखि टाढाको यात्रा नगर्नु आग्रह गरेको छ।

प्राधिकरणका अनुसार विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्ला र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरू बढी प्रभावित हुन सक्ने देखिएको छ। त्यसैले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। निरन्तर परेको वर्षाका कारण विभिन्न राजमार्गहरूमा पहिरो जाँदा सडक अवरूद्ध भएको छ।