आइपिएल टिम कोलकोताको मेन्टर बने ब्राभो

काठमाडौँ- वेस्टइन्डिजका पुर्व अलराउण्डर ड्वेन ब्राभो आइपिएल टिम कोलकोता नाइट राइडर्सको मेन्टर बनेका छन् । ब्राभोले हिजो मात्र सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।
४० बर्षिय ब्राभो यसअघि चेन्नई सुपर किंग्सबाट लामो समय खेलेका थिए । गत वर्ष उनले चेन्नईको कोचिङ टिममा काम गरेका थिए भने गत टी-२० विश्वकपमा ब्राभो अफगानिस्तान टिमको कोचिङ टिममा सामेल थिए ।
अब ब्राभोले कोलकोतामा गौतम गम्भीरको ठाउँ लिने छन् । गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेदेखि कोलकोता नाइट राइडर्सको मेन्टर
पद खाली थियो ।
कोलकोतामा हाल चन्द्रकान्त पण्डित मुख्य प्रशिक्षक रहेका छन् भने भारत अरुण बलिङ प्रशिक्षक रहेका छन् ।
आफ्नो क्यारियरमा पाँच सय भन्दा बढी टी-२० खेलको अनुभव रहेका ब्राभो लामो समयसम्म विश्वको नम्बर एक अलराउण्डर रहेका थिए ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया