सरकारले जनताको चेतनास्तर र आर्थिकस्तर उकास्ने योजना ल्याउनुपर्छ : बिजुक्छे

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले देशको विकासका लागि सरकारले जनताको चेतनास्तर र आर्थिकस्तर उकास्ने योजनाहरू अगाडि ल्याउनुपर्ने बताएका छन् ।
विश्व पर्यटन दिवसका अवसरमा बिहीबार साँझ भक्तपुर नगरपालिकाको सहकार्य र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भएको अन्तरक्रियामा उनले आर्थिक दरिद्रताभन्दा वैचारिक दरिद्रता खतरनाक हुने भएकाले देशका लागि जनतामा चेतनास्तर उकास्ने कार्यक्रम ल्याउनुपर्ने बताए ।
बिजुक्छेले नेपालमा पर्यटनको सम्भावनालाई राम्रोसँग अध्ययनगरी त्यसको विकासतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै देशको आर्थिक समृद्धिमा पर्यटन विकासको भूमिका महत्त्वपूर्ण रहने बताए । उनले पर्यटन विकासमा संस्कृति, पर्यटन मन्त्रालय र पुरातत्व विभागको प्रभावकारी भूमिका रहने बताउँदै उनले पर्यटन उद्योगीहरूले विदेशबाट सिकेर नेपालको विकासमा योगदान पुर्याउन जरुरी रहेको बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उनले भक्तपुर नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनतर्फ जोड दिँदै आएको बताए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया