शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

धादिङको चरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार

काठमाडौँ - धादिङको चरौदीस्थित पृथ्वी लोगमार्गमा सुख्खा पहिरो जाँदा कार पुरिएको छ ।

कारमा सवार ४ जनाको सकुशल उद्धार गरी बैरेनी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सुख्खा पहिरोले सडक अहिले दुइतर्फी अवरोध रहेको छ । अहिले दुई वटा जेसिबीले पहिरो हटाउने कार्य गरिरहेको प्रहरीले जनाएको छ ।