लिग-२ मा ६ हारपछि नामिबियाको पहिलो जित

काठमाडौँ - नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईमाथि जित हासिल गरेको छ । बिहीबार सम्पन्न खेलमा नामिबियाले युएईलाई ८ विकेटले पराजित गरेको हो ।
युएईले दिएको १९१ रनको लक्ष्य पछाएको नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको युएई ४३.२ ओभरमा अल आउट हुँदै १९० रन मात्र बनाएको थियो ।
नामिबियाले एकदिवसीय क्रिकेटमा लगातार ६ हारपछि पहिलो जित हासिल गरेको छ । यो जितपछि लिग-२ मा नामिबियाको १२ खेलमा १० अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यसैगरी युएईको भने लिग-२ मा यो छैटौँ हार हो । युएईको ७ खेलमा २ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया