आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्धार

फाइल फाेटाे

काठमाडौँ -  सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्धार गरिएको छ ।  सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले नदीमा खसेकाे बसबाट २० जनालाई उद्धार गरेर उपचारका लागि पठाइएकाे जानकारी दिए ।

विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलबाट बिहीबार साँझ खसेको थियो । 

बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो ।