युद्धविराम गर्न इजरायलको अस्वीकार

काठमाडौँ - इजरायलले हिजबुल्लाहसँगको द्वन्द्वमा युद्धविराम गर्न अस्वीकार गरेको छ । इजरायलका विदेशमन्त्री इसरायल काट्जले उत्तरसँग युद्धविराम नहुने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, इजरायलले उत्तरी सिमानामा बस्ने इजरायलीहरू सुरक्षित रूपमा आफ्नो घर नफर्केसम्म हिजबुल्लाह विरुद्धको लडाई जारी राख्नेछ ।
यसअघि इजरायल र लेबनानबीचको सीमामा जारी द्वन्द्वका बीच अमेरिका र अन्य देशहरूले युद्धविरामको प्रस्ताव गरेका थिए । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई पूर्ण शक्तिका साथ युद्ध जारी राख्न आग्रह गरेका छन् ।
१२ अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरूले यो युद्ध रोक्न आह्वान गरेका छन् । जसको जवाफमा प्रधानमन्त्री नेतन्याहुको कार्यालयले भनेको छ, 'युद्धविरामको खबरमा कुनै सत्यता छैन । यो अमेरिका र फ्रान्सको प्रस्ताव हो, जसको प्रधानमन्त्रीले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । उत्तरी क्षेत्रमा द्वन्द्व कम गर्न निर्देशन समाचार पनि गलत छ । प्रधानमन्त्रीले इजरायली रक्षा बलहरूलाई पूर्ण शक्तिका साथ युद्ध लड्न जोड दिएका छन् र गाजामा पनि युद्धको उद्देश्य प्राप्त नभएसम्म जारी रहनेछ ।'

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया