ठमेलमा रातको समयमा टयाक्सी छिर्न नपाउने तयारी गर्दै

काठमाडौँ- ठमेलमा रातको समयमा टयाक्सी छिर्न नपाउने भएका छन् । ठमेल पर्यटन विकास परिषद्ले रातको समयमा आवागमनमा अवरोध, अनैतिक क्रियाकलाप, अवाञ्छित गतिविधि र होहल्ला बढेको भन्दै टयाक्सीलाई प्रवेश निषेध गर्ने तयारी गरिरहेको छ ।
ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले राति १० देखि बिहान ४ बजेसम्म टयाक्सी छिर्न नपाउने गरेर गृहकार्य गरिरहेको जानकारी दिए । उनका अनुसार रातीको समयमा ठमेलमा सडकका बीच र छेउछाउमा टयाक्सी पार्किङ गर्दा भीडभाड बढ्दै गएको हो । बीच बाटामा पार्किङ गरेर टयाक्सी रोकिएका हुन्छन् ।
‘टयाक्सीकै कारण अनैतिक क्रियाकलापको मोलमोलाइ हुने गरेको छ । टयाक्सीले त्यस्ता मानिसहरूको ओसारपसार गर्छन् । बीच सडकमा टयाक्सी रोकेर बसिदिने भएकाले टयाक्सी प्रवेश निषेधको अवधारणा ल्याउन लागिएको हो,’ उनले भने, ‘ यस विषययमा कसरी अगाडि बढ्ने जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको छ । जिल्ला प्रशासनबाट अनुमति आउनसाथ यो व्यवस्था लागू हुन्छ ।‘
यहीँ वर्षदेखि पर्यटन विकास परिषद्ले टयाक्सी प्रवेश निषेध लागू गर्ने अध्यक्ष अधिकारीले धारणा व्यक्त गरे ।
केही समयअघि देखि ठमेलभित्र सवारीसाधन तथा रिक्साले पिक एण्ड ड्रप लागू भइसकेको छ । यसअघि बाटोमा टयाक्सीले बाटा-बाटामा यात्रु खोज्न रोकेर बस्ने गरेका थिए । कुनै पनि सवारीसाधनले बाटामा रोकेर बस्न पाउनेछैनन् । अध्यक्ष अधिकारीले स्वदेशी तथा विदेशी पर्यटक दुःख दिने व्यवसायीलाई परिषद्का गार्डले रोक्ने र त्यस्ता गतिविधि गर्नेलाई नेपाल प्रहरीको जिम्मा लगाइने पनि बताए ।
त्यसैगरी, परिषद्ले शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन गर्न २० सुरक्षा गार्ड परिचालन गरिसकेको छ ।
दिवा र रात्रीकालीन समयमा गरेर २० जना सुरक्षागार्डले ठमेल वरपर गरिरहेका छन् । उनले दिनमा १२ जना र रातमा ८ जना सुरक्षाकर्मी परिचालन हुने बताए । उनका अनुसार ठमेलको ११- १२ वटा नाकामा सुरक्षागार्ड परिचालन भइरहेका छन् ।
बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म र भोलिपल्टको बिहान ४ बजेसम्म सुरक्षागार्डले गस्ती गरिरहेका छन् । परिषद्का सुरक्षागार्डले नेपाल प्रहरी र महानगरका प्रहरीसँग समन्वय गरेर काम गर्ने परिषदका अध्यक्ष अधिकारीले जानकारी दिए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया