५४१ तहको बजेट सूत्रमा अद्यावधिक

काठमाडौँ : अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधान अनुसार असार १० मा गाउँ तथा नगरसभामा पेस भएको २०७८–७९ को बजेट ५४१ स्थानीय तहले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मा अद्यावधिक गरेका छन् । उक्त ऐनमा स्थानीय तहले असार १० मा बजेट गाउँ तथा नगरसभामा पेश गर्नुपर्ने प्रावधान छ ।
केही स्थानीय तहले अझै सूत्रमा बजेट अद्यावधिक गर्न बाँकी रहेको बताएका छन् । स्थानीय तहको सञ्चित कोष व्यवस्थापनको एकीकृत प्रणालीमा सबै स्थानीय तहको बजेट क्रमशः अद्यावधिक हुने महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । अहिलेसम्म स्थानीय तहको पाँच ओटा बजेट नगर/गाउँ सभाबाट स्वीकृत भैसकेको छ । सूत्र आर्थिक वर्ष २०७५–७६ देखि कार्यान्वयनमा आएकको हो ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारले ६ महानगरपालिकालाई ३ अर्ब २५ करोड रुपैयाँ समानीकरण अनुदान, ६ अर्ब ३२ करोड रुपैयाँ सशर्त अनुदान हस्तान्तरण गरेको छ । त्यस्तै, ११ उपमहानगरपालिकाहरूलाई ३ अर्ब ६१ करोड समानीकरण तथा ५ अर्ब ७१ करोड रुपैयाँ सशर्त अनुदान पठाएको छ । त्यस्तै, २७६ नगरपालिकाका लागि ४१ अर्ब १० करोड रुपैयाँ समानीकरण र ७७ अर्ब रुपैयाँ सशर्त अनुदान हस्तान्तरण गरेको छ भने ४६० गाउँपालिकाले ४६ अर्ब ५८ करोड रुपैयाँ समानीकरण र ८४ अर्ब ४६ करोड रुपैयाँ सशर्त अनुदान हस्तान्तरण गरेको छ ।

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_rnTDdhR7zI_igtdaapuwo2lnwggwzcoavzzob0vcl0plljjnzo48pcuhwto8gsijizhkemy.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

प्रतिक्रिया