नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौँ - नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
नेपालले १-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो ।
नेपालको जितमा खेलको ५६औं मिनेटमा कृष्णबहादुर आलेले र खेलको ८४औं मिनेटमा सुजल डंगोलले एक एक गोल गरेका थिए । यसअघि भुटानले खेलको ४३औं मिनेटमा योन्टेन थारचेनको गोलले अग्रता लिएको थियो ।
यो जितपछि समूह बी बाट नेपाल उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । समूह बी बाट पाकिस्तान विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भुटान भने समूह बी मा तेस्रो हुँदै बाहिरिएको छ ।
अब सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने छ भने पाकिस्तानले बंगलादेशको सामना गर्ने छ । सेमिफाइनल खेल शनिबार हुने छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया