आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह

काठमाडौँ - इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तिब्र बनाएपछि बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।
बेलायतका प्रधानमन्त्री केयर स्टाररले बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै आफ्ना नागरिकलाई लेबनान छोड्न अपिल गरेका छन् ।
साथै बेलायतको रक्षा मन्त्रालयले लेबनानबाट बेलायती नागरिकलाई बाहिर निकाल्न ७०० सैनिकको फौज पठाउने भएको छ । बेलायती सरकारले पनि नागरिकलाई लेबनान नजान सल्लाह दिएको छ । हाल करिब १० हजार बेलायती नागरिक लेबनानमा बस्दै आएका छन् ।
अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जापान, साउदी अरेबिया, दक्षिण कोरिया र अमेरिकालगायत धेरै देशले पनि आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह गरेका छन् ।
इजरायलका अनुसार बुधबार हिजबुल्लाहले तेल अवीवतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो, जसलाई रोक्न इजरायल सफल भएको थियो । हिजबुल्लाहले उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ ।
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

प्रतिक्रिया