बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

चीनद्वारा प्रशान्त महासागरमा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण

काठमाडौँ - चीनले बुधबार एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको बताएको छ । यसलाई दशकौँमा पहिलो पटक यस्तो अभ्यासमा प्रशान्त महासागरमा प्रक्षेपण गरिएको थियो । 

 उक्त प्रक्षेपणले यस क्षेत्रका अन्य मुलुकहरूमा विरोध प्रदर्शन सुरु भएको छ । चीनको छिमेकी जापानले अग्रिम सूचना नदिइएको बताउँदै बेइजिङको सैन्य विस्तारबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ ।

 बेइजिङले हालैका वर्षहरूमा आफ्नो आणविक विकासलाई तीव्र पार्दै रक्षा खर्च बढाएको छ । चीनले संयुक्त राज्य अमेरिकाले अनुमान गरेको भन्दा तीव्र गतिमा आफ्नो शस्त्र भण्डार विकास गरिरहेको भन्दै पेन्टागनले गत अक्टोबरमा चेतावनी दिएको थियो । 

 सन् २०२३ सम्म चीनसँग पाँच सयभन्दा बढी सञ्चालनमा रहेका आणविक हतियार रहेको र सन् २०३० सम्ममा एक हजारभन्दा बढी हुने सम्भावना रहेको पेन्टागनले बताएको छ । 

चिनियाँ रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “बुधबार चिनियाँ सेनाको रकेट फोर्सले सेप्टेम्बर २५ को बिहान ८ः४४ बजे प्रशान्त महासागरको उच्च समुद्रमा एउटा नक्कली वारहेड बोकेको आइसिबिएम प्रक्षेपण गर्यो र क्षेप्यास्त्र अपेक्षित समुद्री क्षेत्रमा खस्यो ।”

 यस्ता परीक्षणहरू धेरै दुर्लभ रहेको एक विश्लेषकले बताएका छन् । “यो अन्यन्तै असामान्य छ र सम्भवतः दशकौँमा हामीले पहिलो पटक यस्तो परीक्षण देखेका छौँ”, कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसका स्टान्टन सिनियर फेलो अंकित पाण्डाले भने, “यो परीक्षण सम्भवतः चीनको जारी आणविक आधुनिकीकरणलाई दर्शाउँछ जसले परीक्षणका लागि नयाँ आवश्यकताहरू सिर्जना गरेको छ ।”
रासस

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास छ

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास…

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित गराइने

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता